काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले संस्थाको विधान संशोधन, कानुनी सुदृढीकरण र संगठनात्मक एकतालाई प्राथमिकतामा राख्दै श्वेतपत्र जारी गरेको छ। संस्थाको कानुनी वैधतालाई थप मजबुत बनाउने, विधानलाई समयसापेक्ष परिमार्जन गर्ने तथा संगठनभित्र देखिएका मतभेद समाधान गरी एकता कायम गर्ने उद्देश्यले श्वेतपत्र जारी गरिएको हो। श्वेतपत्रमा नेपाल सरकार, गृह मन्त्रालय २०८२ मंसिर १२ गतेको निर्देशन र सोही मन्त्रालयको पुनः २०८३ साल असार ३० गतेको निर्देशनअनुसार संस्थाको विधान संशोधन तथा नियमितीकरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। सोहीअनुसार केन्द्रीय समितिले तयार पारेको विधानको पाँचौँ संशोधन प्रस्तावलाई अन्तिम रूप दिई पारित गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ। संस्थाको ... The post नेसनल प्याब्सनको विधान संशोधन र संगठनात्मक एकतामा जोड appeared first on Kalika Khabar.