काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनता र पार्टीलाई जोड्नका लागि मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन्।नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका हुन्। उनले छिटै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुन्ने र त्यसका आधारमा ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइन