नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरू भइसकेको छ। अहिलेबाटै उपाधिका लागि को बलियो को कमजोर भन्ने अवस्था छैन। समूह चरणका खेल भइरहेकाले त्यो आकलन अहिलेका लागि हतार हुन्छ। तर चिसो मौसमको सुरूवातसँगैअघि बढेको प्रतियोगिताले खेलप्रेमीहरूलाई तताएको छ। मैदानको प्रतिस्पर्धा, फ्रेन्चाइजीहरूको तयारी, नेपाली क्रिकेटरको क्षमता, विदेशी खेलाडीको प्रभाव र नेपाली क्रिकेटको भविष्यबारे चर्चा भइरहेको