‘अर्नब’ चक्रवात : विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक, जोखिम क्षेत्रमा सतर्क रहन निर्देशन

  • बिहीबार १३ कात्िक २०८३ १२:३७ PM
काठमाण्डु- बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव र त्यसबाट नेपालमा उत्पन्न हुन सक्ने विषम मौसमी अवस्थाबारे छलफल गर्न विपद् प्रतिकार्य कमाण्ड पोस्टले तयारी थालेको छ। पोस्टको बिहीबार बसेको बैठकमा चक्रवातको पछिल्लो अवस्था, सम्भावित वर्षा तथा हिमपात, बाढीपहिरोको जोखिम र सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन गरिएका तयारीबारे सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले जानकारी गराएका थिए।