विराटनगरका किङ्सका लोकेश बम राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने चौथो खेलाडी बनेका छन्। लोकेशले आज कर्णाली याक्सविरूद्धको खेलमा ३२ बलमै ५० रन पूरा गरेका हुन्। उनको अर्धशतकमा ६ छक्का र १ चौका सामेल छ । यसअघि प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ। अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका