अबको तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न स्थानीय प्रशासनको आग्रह

  • बिहीबार १३ कात्िक २०८३ ०६:०० PM
गोरखा :  जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो तीन दिनसम्म मनास्लु क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ। बिहीबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै पदयात्रा नगर्न आग्रह गरेको हो।साथै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्थानीय बासिन्दाहरूलाई पनि आग्रह गरिएको छ।'उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीहर