काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। लामिछाने सभामुख अर्याललाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए। सभामुखको सचिवालयका अनुसार भेटमा प्रतिनिधिसभा र समसामयिक विषयमा छलफल भएको थियो। भेटवार्ता करिब एक घण्टा चलेको बताइएको छ। यसअघि बुधबार सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुढानीलकण्ठमा लामो भेटवार्ता भएको