काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आफ्नो कुनै सम्पर्क नरहेको बताएका छन्। उनले बिहीबार विज्ञप्ति जारी गरेर सापकोटासँग आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्यचकित र स्तब्ध भएको उल्लेख गरेका छन्।'जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहीँकतै भेटेको पनि छैन,' विज्ञप्तिमा उनले भनेका छन्।उनले आफूविरुद