कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्ने नेपालको तयारी

  • बिहीबार १३ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपालले कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने भएको छ।बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कोप–३१ मा नेपाल र भुटानले संयुक्त रूपमा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने जानकारी दिइन्। यसले जलवायु न्यायको लडाइँमा पर्वतीय क्षेत्रको आवाजलाई अझ बलियो बनाउने उनको भनाइ छ। मन्त्री चौधरीले हिमाल जोगाउनु भनेको तल्लो तटीय क्षेत्रका अर्बौँ मानिसको जीवन जोगाउनु भ