काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्।उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे । संस्था