लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेश सभामा पेस गर्ने तयारी भइरहेको बताएका छन् । बिहीवार लुम्बिनी प्रदेशमा आयोजित सरकारी कामकाजको भाषासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभामुख घर्तीले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार विधेयकलाई पूर्णता दिन बागमती र गण्डकी प्रदेशलगायतका अनुभव तथा सुझाव