सेयर बजार सकारात्मक, कारोबार रकम साढे ८ अर्ब नाघ्यो

  • बिहीबार १३ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : सेयर बजारमा आज पनि उच्च अंकको वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको थियो।नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ४५० वटा स्क्रिप्सको २ करोड ३२ लाख  ५८ हजार ९ कित्ता सेयर ८ अर्ब ५७ करोड ९८ हजार  ८२३ रुपैयाँमा खरिदबिक्री भए। आज पनि बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्क