काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डालाई प्राथमिकतामा राखिने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै मन्त्री खनालले कोप–३१ मा पर्वतीय एजेन्डा, हानि र नोक्सानी, जलवायु वित्त र जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाइने बताएका हुन्। उनले जलवायुजन्य हानि र नोक्सानी कोषबाट नेपाललाई हालै २१ दशमलव ६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको