काठमाण्डु- इजरायलको संसदीय निर्वाचनमा विदेशी हस्तक्षेप भएको आशंकामा अनुसन्धान गर्न निर्वाचनसम्बन्धी निकायले आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’ लाई निर्देशन दिएको छ। निर्वाचन आयोगका अध्यक्ष नोआम सोलबर्गले विदेशी संस्थाहरूको आर्थिक सहयोगमार्फत निर्वाचनलाई अनुचित रूपमा प्रभावित पारिएको हुन सक्ने आशंकामा अनुसन्धान गर्न निर्देशन दिएका हुन्। ‘द टाइम्स अफ इजरायल’ का अनुसार शिन बेटले एक साताभित्र अनुसन्धानको प्रतिवेदन