काठमाण्डु– चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षाका लागि सरकारी संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको ‘अर्नब’ नेपाल प्रवेश गर्ने क्रममा कमजोर हुने मौसमविद्को आकलन छ। नेपालमा यसको प्रत्यक्ष प्रभाव अत्यधिक शक्तिशाली नहुने देखिए पनि वर्षा, हिमपात र केही