स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता दिँदै मन्त्री मेहताले गरिन् कार्यसम्पादन सम्झौता

  • बिहीबार १३ कात्िक २०८३ १०:१२ AM
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन् । सम्झौताका क्रममा मन्त्री मेहताले बिरामीलाई सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । उनले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्न