काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । प्रहरीले सापकोटासम्बन्धी विवरण सार्वजनिक गर्नुअघि समाचारको सत्यता र स्रोतको आधिकारिकता जाँच गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सापकोटामाथि कानुनबमोजिम अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाण तथा गोप्य सूचना कुनै पनि