विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

  • बिहीबार १३ कात्िक २०८३ ०२:०३ PM
 नेपालले भोटेकोशी—त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ । एसिया प्यासिफिक देशका मन्त्रीहरु सहभागी उच्चस्तरीय बहसमा नेपालले आफूले भोगेको जलवायु संकट र शृंखलाबद्ध विपद्बारे जानकारी गराउँदै विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा निम्तिएको संकटबारे छलफल गरेको छ ।  संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको अवसरमा नेपालले बिहीबार ‘सगरमाथादेखि सागरसम्मस् एसिया(प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी—त्रिशूली विपत्तिले सिकाएका पाठहरू’ विषयक संवाद आयोजना गरेको हो । यूएन ईएससीएपीसँग मिलेर नेपालले संयुक्तरुपमा बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा आयोजित उक्त कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका विभिन्न देशका मन्त्री, कूटनीतिज्ञ, वैज्ञानिक तथा विपद् व्यवस्थापन विज्ञहरूको सहभागिता रहेको छ । कार्यक्रममा गत भदौमा नेपालको उच्च हिमाली क्षेत्रमा गएको विशाल हिम—पहिरोका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा भीषण शृंखलाबद्ध विपत्ति आएको र यस घटनाले जलविद्युत् आयोजना, सडक पूर्वाधार, सीमावर्ती संयन्त्र तथा स्थानीय समुदायको जीविकोपार्जनमा ठूलो क्षति पु¥याएको जानकारी गराइयो ।  वैज्ञानिकहरूका अनुसार १