प्यूठानमा बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

  • बिहीबार १३ कात्िक २०८३ ०२:०० PM
प्यूठान :  प्यूठानको गौमुखी गाउँपालिकामा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।गौमुखी गाउँपालिका–७ नारीकोटका शिवलाल थापाका डेढ वर्षीय छोरा कृष थापाको आफ्नै घरमा बाल्टिनमा राखिएको पानीमा डुबेर मृत्यु भएको हो ।बिहीबार बिहान बाल्टिनको पानीमा डुबेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा बालकलाई मृत घोषणा गरेका थिए ।मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जनाइएको छ ।