काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार अहिले यो चक्रवात कमजोर भएर बलियो न्यून चापीय क्षेत्रका रूपमा रहेको छ । त्यसैले नेपालमा तीव्र हावाहुरी चल्ने सम्भावना कम रहेको छ । विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ