काठमाडौं गोर्खाजले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने

  • बिहीबार १३ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पाँचौं खेलमा काठमाडौं गोर्खाजले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्सलाई बलिङको निम्तो दिएका छन्। करण केसीले टस जितेर  १६० देखि १७० सम्मको लक्ष्य बनाउन कोसिस गर्ने बताएका हुन्। त्यस्तै जनकपुर पहिलो खेलमा गरेको गल्ती नदोहोराउने कप्तान हर्मितले बताएका छन्। आजको खेलमा जनकपुरले पहिलो खेलमा खेलाएको २ खेलाडी परिवर्तन गर्ने भएको छ।&nb