‘अर्नब’को सम्भावित असर : कोशी प्रदेशमा सुरक्षा संयन्त्र तयारी अवस्थामा

  • बिहीबार १३ कात्िक २०८३ ०१:०० PM
विराटनगर : बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावबाट जनधनको क्षति हुन नदिन कोशी प्रदेशमा सुरक्षा निकायले पूर्वतयारी तीव्र पारेका छन् । भारी वर्षा, बाढीपहिरोदेखि उच्च हिमाली क्षेत्रमा हिमपात र हिमआँधीसम्मको जोखिम आकलन गर्दै १४ वटै जिल्लामा प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ । सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखेर जोखिमयुक्त क्षेत्रको निगरानी बढाउनुका साथै उद्धार तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी कोशी प