४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

  • बिहीबार १३ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४ सय १० आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको  छ। शरद् ऋतुमा हिमाल आरोहण गर्न १ सय ६१ टोलीले अनुमति लिएका हुन्।पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि १ हजार ६९ पुरुष र ३ सय ४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट ३१ करोड ८० लाख ५० हजार ७ सय ७८ रुपैयाँ रोयल्टी संकलन गरेको छ।आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर)