गोरखा : तराई र पहाडी भेगमा धान भित्र्याउने सिजन सुरु भएसँगै हिमाली भेगमा लट्टे भित्र्याउने उत्तरी गोरखाको हिमाली भेगमा अहिले लट्टे भित्र्याउने चटारो छ।समुद्री सतहबाट २ हजारदेखि २ हजार ५ सय मिटर उचाइमा हुने लट्टे अहिले धमाधम भित्र्याउन सुरु गरिएको चुमनुब्री गाउँपालिका–६ चुम्लिङका गोपाल लामाले जानकारी दिए।यहाँ पाइने बालीहरूमध्य लट्टे सबैभन्दा लोकप्रिय रहेको उनको भनाइ छ। स्थानीयवासी बोलीचालीको भाषामा लट्टेलाई नाना भन्ने गर्छन्। पोसिलो र जाडोका बेला ज्यान तताउने हुँदा गाउँलेहरूले लट्टेलाई असाध