तेल अभिभ- इजरायलको निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतगणना सकिँदासमेत नयाँ सरकार गठनको तस्वीर स्पष्ट हुन सकेको छैन। प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र विपक्षी नेता गादी आइजनकोट नेतृत्वका दुवै राजनीतिक गठबन्धन संसद्मा स्पष्ट बहुमत जुटाउन असफल देखिएका छन्। तर, बहुमत नपुग्दैमा नेतन्याहूको सत्ता यात्रा समाप्त हुने अवस्था छैन। विपक्षी खेमाका सांसदको समर्थन, राष्ट्रिय एकताको सरकार वा अल्पमत