मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द

  • बिहीबार १३ कात्िक २०८३ ०६:५७ AM
इलाम । मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटकपटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता रद्द गरिएको