काठमाडौं । प्रहरीले सिराहाबाट लागूऔषध खैरो हिरोइनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले आज बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । The post हवाई फायर गरेर सिराहाबाट दुई भारतीय नागरिक पक्राउ appeared first on Kalika Khabar.