सिरहा । सशस्त्र प्रहरी बल, नेपालले सिरहाको नवराजपुर गाउँपालिका-५, झाझपट्टीस्थित सीमावर्ती क्षेत्रबाट १५२.१६ केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। आज बिहान सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहा र मातहतको बिओपि नवराजपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो। गस्ती टोलीले नौ बोरामा रहेको १५२.१६ केजी गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको प्रतिबन्धित लागू औषध गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ। The post सिरहाको झाझपट्टीबाट १५२ किलो गाँजा बरामद appeared first on Kalika Khabar.