सुनको मूल्य लगातार चौथो दिन बढ्यो, तोलाको २ लाख ८३ हजार ५ सय रुपैयाँ

  • बिहीबार १३ कात्िक २०८३ ०५:५७ AM
काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । तगातार चार दिनदेखि बढीरहेकाे सुनकाे मूल्य आज पनि तोलामा ३ सय रुपैयाँ बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ हिजाे ताेलामा ९०० रूपैयाँले बढेकाे सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे । यता आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको हाे । The post सुनको मूल्य लगातार चौथो दिन बढ्यो, तोलाको २ लाख ८३ हजार ५ सय रुपैयाँ appeared first on Kalika Khabar.