नेपालको आर्थिक बहसमा एउटा प्रश्न बारम्बार उठ्छ– हामीसँग जलविद्युत् छ, प्राकृतिक स्रोत छन्, युवा जनशक्ति छ, भारत र चीनजस्ता विशाल बजारको बीचमा अवस्थित छौं। तैपनि नेपालमा पर्याप्त उद्योग किन स्थापना हुँदैनन् ? किन हाम्रा युवाले आफ्नै देशमा रोजगारी खोज्नुभन्दा विदेश जानुलाई प्राथमिकता दिन्छन् ? र किन स्वदेशी तथा विदेशी लगानीकर्ताको ठूलो सम्भावना हुँदाहुँदै पनि अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन ? यी प्रश्नको उत्तर स्रोतसाधनको अभावमा मात्र खोजेर पुग्दैन।नेपालको मूल समस्या सम्भावनालाई उत्प