दसैं भर्खरै सकिएको छ तर एकादशीको राति करिब १० बजेपछिको फोनले मलाई त्यसपछिका रात राम्ररी निदाउन दिएको छैन। शरीर विश्रामको खोजीमा थियो। काठमाडौंको बाहिरी वातावरण विस्तारै निस्तब्ध थियो। खुल्ला सडकहरू निदाइसकेका थिए। केवल सडक भुइँमा आकाशको छानो बनाइबस्ने कुकुरहरू जागा थिए। छिमेकी घरका झ्यालहरू केही दिनदेखि बन्द नै छन्। सहरमा भएका केही मानिसहरू पनि निद्राको काखमा शरीर बिसाउन थालेका थिए। त्यही शान्त समयमा अचानक मोबाइल फोनको घण्टी बज्यो। त्यो घण्टी सामान्य दिनको जस्तो थिएन। मानौं कुनै अदृश्य पीडाले सह