मुगु : मुगुको खत्याड गाउँपालिका–२ स्थित जामबजारमा आगलागी हुँदा दुईवटा पसल जलेर नष्ट भएका छन्। बिहीबार राति १२ बजेर ५ मिनेट जाँदा स्थानीय ४० वर्षीय विष्णु संज्यालको किराना पसल र ३७ वर्षीय अन्नाम दमाईको कपडा सिलाइ गर्ने टेलरिङ पसलमा आगलागी भएको हो।जस्ता र काठले निर्माण गरिएका पसलमा अचानक आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट प्रहरी सहायक निरीक्षक नन्दबहादुर रावतको नेतृत्वमा चार जनाको प्रहरी टोली