नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन जाँदा मेरो स्पष्ट उद्देश्य थियो-नेपाल र भारतले सर्वसाधारणका दैनिक जीवनलाई प्रभावित गर्ने समस्याहरू समाधान गर्न कसरी मिलेर काम गर्न सक्छन् भन्ने सम्भावनाको खोजी गर्नु । हाम्रा देशका प्राथमिकताहरू फरक हुन सक्छन्, तर हामीले सामना गरिरहेका धेरै चुनौती समान छन् । लागुऔषध तस्करी, साइबर अपराध, आतंकवाद र