बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

  • बिहीबार १३ कात्िक २०८३ ०५:२५ AM
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ८ दिनका लागि उक्त रकम खिच्न लागेको हो । यसका लागि आज कात्तिक १२ गते अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।