काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरले सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित सातै प्रदेशका डीआईजीलाई बिहीबार दिउँसो १२ बजेसम्म नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो । प्रहरी स्रोतका अनुसार संगठनको चेन अफ कमान्ड, शान्तिसुरक्षा व्यवस्थापन तथा प्रहरीको कामकारबाहीमा पर्न सक्ने असरका विषयमा छलफल गर्न उच्च