काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले जनतासँग प्रत्यक्ष संवाद बढाउने, संगठन विस्तार गर्ने र खस्किएको जनमत पुनःस्थापित गर्ने उद्देश्यसहित दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । कात्तिक ७ गते पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट संयुक्त रूपमा अभियानको सुरुवात गरेका हुन् । अभियानमार्फत राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका समस्या समाधान तथा समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ । प्रचण्डका अनुसार अभियानका क्रममा बढ्दो महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक ... The post लगातारका अभियानपछि पनि संगठन पुनर्निर्माणको चुनौती, फेरि जागरण अभियानमा प्रचण्ड appeared first on Kalika Khabar.