बुटवल : घटस्थापना सुरु भएसँगै सहरमा बस्नेहरू गाउँ फर्किने क्रम सुरु भयो। यो क्रम दिनप्रतिदिन बढ्दै गयो। दसैंको महाअष्टमीसम्म आइपुग्दा सधैं व्यस्त रहने सहरमा गाडीहरूसमेत फाट्टफुट्टमात्र देखिन थाले। टीकाको दिन सहरका प्रायः सबै घरमा ताला झुन्डिए, व्यावसायिक क्षेत्र पूरै सुनसान बन्यो।दसैंको रौनक सुरु भएपछि सहरमा बस्न कसैको मन मानेन। सहरमा जतिसुकै सम्पत्ति र ठूला महल भए पनि नागरिकलाई आफ्नै गाउँको झुपडी प्यारो लाग्यो। यो क्रम लामो समयदेखि चल्दै आएको छ। तर, यो दृश्य र संस्कार दसैंको समयमा मात्रै सीमित