नुवाकोट : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि पुनर्निर्माण र पुनर्वासमा सरकारले बेवास्ता गरेको भन्दै नुवाकोटका बाढीपीडितहरूले दबाब समूह गठन गरेका छन्।सरकारको चासो घट्न थालेपछि र राहत तथा पुनस्र्थापनामा ढिलासुस्ती भएपछि आफ्नो अधिकार र न्यायका लागि एकजुट हुँदै पीडितहरूले विदुरमा सूर्यबहादुर कँडेलको संयोजकत्वमा ३३ सदस्यीय ‘भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति’ गठन गरेका हुन्।विदुरमा आयोजित बाढीपीडितहरूको सामूहिक भेलाले विदुर नगरपालिका–