किसानलाई कृषि उपज ढुवानीका लागि तुइनको भर

  • बिहीबार १३ कात्िक २०८३ १०:०० AM
रसुवा : लेन्दे नदी हुँदै भोटेकोसीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ र स्याफ्रुबेँसी जोड्ने मोटरेबल पुल बगाएपछि हालसम्म पुनःनिर्माण हुन सकेको छैन। पुल नहुँदा आमाछोदिङ्मो गाउँपालिकाका किसानहरू तुइनकै भर पर्न बाध्य भएका छन्।बाढीले पुल बगाएको दुई महिना बितिसक्दा पनि पुल नबन्दा करोडौँको तरकारी किसानकै बारीमा कुहिने अवस्था आएको छ। 'तुइनबाट अलिअलि मात्र ढुवानी गरेर कहिले बजारमा पुर्‍याउने? पुल चाँडै निर्माण भए मात्र ढुवानी सहज हुन्छ,'स्थानीय आमाछोदिङ्मो गा