काठमाण्डु – संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। भेटमा राजदूत थापाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सिद्धान्तनिष्ठ नेतृत्व, बहुपक्षवादप्रतिको दृढ प्रतिबद्धता, र कोही पनि पछि नपरून् भन्ने संकल्पको प्रशंसा गरेका छन्। नेपालमा हालै गएको बाढी र प्राकृतिक विपद्पछि संयुक्त राष्ट्रसंघीय संयन्त्रले पुर्याएको सहयोगका लागि