इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

  • बिहीबार १३ कात्िक २०८३ ०९:२८ AM
 इजरायलमा यहुदी र अरब समुदायको सहभागितामा संयुक्त सरकार गठन गर्न माग गर्दै करिब ३०० जनाले प्रदर्शन गरेका छन् । जेरुसेलमको पेरिस स्क्वायर, तेल अभिभको मेसिला पार्क र हाइफाको युनेस्को स्क्वायरमा भेला भएका प्रदर्शनकारीले समावेशी सरकार गठनको माग गरेका हुन् । इजरायली दैनिक हारेत्जका अनुसार प्रदर्शनकारीले ‘सबैका लागि स्वतन्त्रता’ र ‘यहुदी–अरब संयुक्त सरकारको पक्षमा’ लेखिएका प्लेकार्ड बोकेका थिए । यसैबीच, इजरायलको संसदीय निर्वाचनको मतगणना जारी रहँदा सरकार गठनको समीकरण अनिश्चित देखिएको छ । द टाइम्स अफ इजरायलले केन्द्रीय निर्वाचन समितिको आंशिक नतिजालाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । स्थानीय समयअनुसार बुधबार राति ११ः३५ बजेसम्मको विवरणमा करिब ९७