लालबकैयाको सतह बढ्यो, बाढीको स्थायी त्रास

  • बिहीबार १३ कात्िक २०८३ ०९:०० AM
रौतहट–परोहा : जब लालबकैयामा बाढी आउँछ, तेजापाकड घराहीका बासिन्दा लालाबालासहित गाउँ छोडेर भाग्छन्। दलित र मुस्लिम समुदायका १ सय ५० बढी घरपरिवार रहेको बस्तीले वर्षाैंदेखि यो व्यथा भोगिरहेको छ।सदरमुकाम गौरदेखि ८ किलोमिटरमात्रै टाढा रहेको परोहा–३ को तेजापाकड घरारीका बासिन्दाका लागि वर्षामा बाढीको त्रासले सधैं त्रसित बनाइरहन्छ। बस्तीमा न उचित स्वास्थ्य सेवा छ, न त गुणस्तरीय शिक्षा नै। अरू त अरू, आपतकालीन उपचारका लागि एम्बुलेन्ससमेत गाउँमा छैन। आधारभूत सुविधाबाट बञ्चित यहाँका बासिन्दा