काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि सुरु हुने भएकाे छ । मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। तर, यस प्रणालीका कारण आज दिउँसोदेखि वर्षा सुरु भई भोलि (शुक्रबार) देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।मौसमविद् पोखरेलले सामाजिक सञ्जालमार्फत 'अहिले चक्रवात अर्नब कमजोर भई न्यूनचापीय प्रणालीमा परिणत भएको छ। नेपालमा बादल आइपुगे पनि वर्षा