नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । यो खेल दिउँसो १२ : ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा पराजित भएकाे जनकपुर पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो ।