फिल्म भनेको श्रव्यदृश्यको माध्यमबाट कथा भन्ने विधा हो। निर्देशक फिल्मको कथा वाचक हो। जसले जति कलात्मक तरिकाले कथा वाचन गर्छ, त्यसैले दर्शकको मन जित्छ। आखिर कल्पना भएपछि कृत्रिमता फिक्सन फिल्ममा पनि पाच्य हुन्न। दर्शकले मन पराउँदैनन्। फिल्ममा कला प्रमुख हो कि कलाकार भन्ने भेउ आजसम्म पनि थुप्रै नेपाली फिल्म निर्देशकले पाएका छैनन् भन्ने देखिन्छ। त्यसैले त आजसम्म पनि नाम चलेका वा अनुहार बिक्ने कलाकारको खोजी गरिन्छ। अनि फिल्म चलाउन दसैंतिहारजस्ता चाडपर्वको मौसम रोजिन्छ। यो बेला नेपालीलाई फुर्सद