ब्राजिलका पराजित राष्ट्रपति उम्मेदवार बोल्सोनारो अमेरिका पुगे, देश छाडेको आरोप अस्वीकार

  • बिहीबार १३ कात्िक २०८३ ०६:०० AM
काठ्माण्डौँ : ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका दक्षिणपन्थी उम्मेदवार तथा सिनेटर फ्लाभियो बोल्सोनारो अमेरिकाको मियामी पुगेका छन् । उनले आफू ब्राजिलबाट भागेको भन्ने आरोप अस्वीकार गर्दै देशकै हितका लागि अमेरिका गएको बताएका छन् ।अमेरिका पुगेपछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै बोल्सोनारोले आफ्नो मातृभूमि छाड्ने उद्देश्य नरहेको बताए । उनले आफ्नो परिवारको सुरक्षा गर्न अमेरिका गएको दाबी गरेका गरेको बिबिसिले जनाएको छ ।आपराधिक अनुसन्धानका क्रममा ब्राजिलका अधिकारीहरूले उनको राहदानी रद