काठमाडौँ : कम्प्युटर प्रणालीमा आएको समस्यापछि रेलहरू रोकिएको अवस्थामा नियन्त्रण केन्द्रबाट भएको निर्णयलाई स्पेनमा भएको भीषण रेल दुर्घटनासँग जोडेर हेरिएको छ । राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा दुई उच्चगतिको रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।स्पेनका यातायातमन्त्रीले नियन्त्रण केन्द्रबाट भएको निर्णयलाई ‘अस्पष्ट’ भन्दै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक विवरणअनुसार इरियो कम्पनीको रेललाई रेन्फे कम्पनीको रेलले पछाडिबाट ठ