काठमाडौँ : म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् ।राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ।सन् २०२१ मा म्यानमारको निर्वाचित सरकार अपदस्थ हुनुअघि नै राष्ट्रसङ्घका लागि राजदूत