झापा : जिल्ला प्रशासन कार्यालय झापाले बंगालको खाडीबाट उत्पत्ति भएको शक्तिशाली चक्रवात 'अर्णव'को प्रभाव कारण झापासहित देशका केही जिल्लाहरूमा भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। झापा जिल्ला रेडक्रसका प्रतिनिधिसहित सुरक्षा निकायका अधिकारीहरू सहभागीमा बुधबार बसेको बैठकबाट सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता र पूर्वतयारीमा जोड दिइएको छ।प्रशासन कार्यालयले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यून