राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । जितका लागि पाएकाे १४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडे।यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी